समाज

कालिकोटमा जिप दुर्घटना हुँदा दम्पतीकाे मृत्यु, एक जना गम्भीर घाइते

इकागज |
जेठ २५, २०८० बिहीबार १४:६ बजे

सुर्खेत- कालिकोटको रास्कोटमा जिप दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका–१, सेरा बसपार्कमा आज (बिहीबार) विहान ग ३ च– ४६१० नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी रास्कोट–१, लहरेला निवासी ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।


गाडी दुर्घटनामा सोही ठाउँका २२ वर्षीया रिता सिंह शाही गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

सेरा बसपार्कमा गाडी ब्याक गरेर न्युटल अवस्थामा राखेर जुत्ता लगाउने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिए । उनका अनुसार गाडी सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।
 


Author

थप समाचार
x