समाज

सरकारले लगायो वर्षायाममा सडक खन्न प्रतिबन्ध

इकागज |
जेठ २५, २०८० बिहीबार ८:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ ।

सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबरजस्ती गरेमा कारबाही गर्ने जनाएको हो ।


जारी सूचनाअनुसार आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सूचनामा भनिएको छ, ‘ कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिए‌को छ ।'


Author

थप समाचार
x