समाज

लिभिङ टुगेदरमा बस्दै आएका प्रेमीले गरे प्रेमिकाकाे हत्या

इकागज |
जेठ २४, २०८० बुधबार १७:४९ बजे

काठमाडौं । प्रेमीसँग सामान्य विषयमा विवाद हुँदा काठमाडौंमा एक जना युवती हत्या गरिएको छ ।

काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।


जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरू केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरूबीच झगडा अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x