समाज

महेन्द्र बहुमुखी क्याम्पसका एक शिक्षक जङ्गलमा जलेको अवस्थामा मृत भेटिए

इकागज |
जेठ २३, २०८० मंगलबार १८:२७ बजे

सांकेतिक तस्बिर

जानकी- महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१८ का मृतक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित ढेकेरीको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । प्रहरीका अनुसार रेग्मी सोमबार बिहान १० बजेदेखि परिवारबाट सम्पर्कविहीन थिए । उनी परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई गरेको खबरअनुसार खोजीकार्य जारी राख्दा उक्त जङ्गलमा आज बिहान ९ बजे जलेको अवस्थामा मृत भेटिएका हुन् । 


रेग्मीको शवलाई परीक्षणका लागि भेरी अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । 


Author

थप समाचार
x