समाज

मेलम्चीमा सुत्केरी गराउन अस्पताल आउनेलाई नि:शुल्क एम्बुलेन्स

इकागज |
जेठ ६, २०८० शनिवार १३:२४ बजे

मेलम्ची । मेलम्ची नगरपालिकाले नगरका विभिन्न भागबाट सुत्केरी गराउन बर्थिङ सेन्टरसम्म आउन र फर्कन निशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था गरेकाे छ । अस्पतालसम्म पुग्न नपाएर असुरक्षित सुत्केरी गराउनुपर्ने अवस्थाकाे अन्त्य गर्न अस्पताल सम्म आउन र फर्कन एक वर्ष अघिबाट नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलव्ध  गराउन थालेकाे हाे ।

एक वर्षकाे अवधिमा दुई सय ९१ जनालाई बर्थिङ सेन्टर सम्म आउन र जान एम्बुलेन्स स्वा उपलव्ध गराएकाे नगर प्रमुख आइतमान तामाङले जानकारी  दिए ।   नगरपालिकाकाे एक वर्षे उपलव्धी सार्वजनिक कार्यक्रममा प्रमुख तामाङले दिएकाे जानकारी अनुसार मेलम्ची नगर अस्पतालमा सुत्केरी गराउन नसकी रेफर गरेका १८ जना महिलालाई काठमाडाैंसम्म निशुल्क  एम्बुलेन्स सेवा प्रदान गरिएकाे थियाे ।



Author

थप समाचार
x