आठ वर्षपछि जुरे पहिरो पीडितले नगद राहत पाउँदै

काठमाडौँ- सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ वर्ष पछि नगद राहत पाउने भएका छन् ।
गत मगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरो पीडितले उक्त राहत रकम पाउन लागेका हुन् ।
स्थानीय तहको समन्वयमा पीडितको तथ्याङ्क एकिन गरी मापदण्ड बनाएर रकम दिनका लागि निर्देशन भएको सिन्धुपाल्चोक–१ सांसद माधव सापकोटाले जानकारी दिए । उनका अनुसार नेपाल बैंक लिमिटेड, चौतारा शाखामा रहेको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउनका लागि मन्त्रीपरिषदको निर्णयसँगै अब खुल्ला हुन पुगेको छ ।
२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिँदा गएको पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया