समाज

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

इकागज |
चैत १३, २०७९ सोमवार १३:८ बजे

काठमाडौँ- पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी जवान पदमा प्रतियोगितात्मक परीक्षाद्वारा करारमा नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले महानगरको वेभसाइटबाट फारम डाउनलोडगरी आवश्यक कागजातसहित पोखरा सभागृहस्थित महानगरपालिकाको दरखास्त संकलन केन्द्रमा पेश गर्नु पर्नेछ ।


खुलामा ३०, महिला ४, आदिवासी,जनजाती ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्र १ जनाको माग गरेको छ । उम्मेदवारले चैत्र २७ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ ।


Author

थप समाचार
x