समाज

पत्रकारबारे आफूले दिएको विवादास्पद अभिव्यक्ति सभामुख घिमिरेले फिर्ता लिनु भयो : पत्रकार महासंघ

इकागज |
चैत ६, २०७९ सोमबार १९:२७ बजे

काठमाडौँ- नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएको जनाएको छ ।

सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।


गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए । पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरूसँगको भेटमा सच्याएको नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

उनले भने, ‘सम्माननीय सभामुखज्यूले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ । यो भन्दा अगाडि एउटा दुर्घटनावस गरिएको टिप्पणीलाई संसद् सचिवालय अथवा सम्माननीय सभामुखको तर्फबाट सच्याउनु भएको छ । र, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद  र आफू पूर्ण रूपमा प्रतिबद्ध भएको जानकारी गराउनु भएको छ । सम्माननीय सभामुखज्यू र नेपाल पत्रकार महासंघको बीचमा यही छलफल भयो । र, यो विषयलाई यही टुंग्याउने निर्णय पनि गरेका छौं ।’

त्यस अवसरमा सभामुख घिमिरेले नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सिंगो संघीय संसद् र आफू प्रतिबद्ध रहेको पनि बताएका थिए ।


Author

थप समाचार
x