समाज

रोजिनाले घरमै पाइन् नागरिकता

इकागज |
चैत ४, २०७९ शनिबार २१:१ बजे

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी शनिबार जिल्लाको बेलकोटगढी नगरपालिका–३ निवासी पूर्ण रूपमा शारिरिक अशक्त १७ वर्षीया रोजिना बजगाईँलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्दै । तस्बिर : रामहरि न्यौपाने/रासस

त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका–३ निवासी पूर्ण रूपमा शारीरिक अशक्त भएकी रोजिना बजगाईँले आज घरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिन् ।

शारीरिक रूपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्ताबापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य भएकाले उक्त सुविधाबाट वञ्चित हुन नदिन नुवाकोट प्रशासनले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।


विसं २०६२ मङ्सिर ५ गते जन्मिएकी बजगाईँलाई नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले घरमा पुगेर नागरिकता प्रदान गरेसँगै उनले मासिक रु चार हजार पाउँदै आएको सुविधा पाउन सहज हुने उनको बुवा कान्छो बजगाईँले बताए ।

उनका अनुसार जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएकी रोजिनालाई घरको पिँढीमा बनाइएको काठको घेराबारमा राखेर पालनपोषण गराइने गरिएको छ । 


Author

थप समाचार
x