समाज

काठमाडौँ महानगरद्वारा ‘रिसर्च फेलोसिप २०७९’ का लागि आवेदन आह्वान

इकागज |
माघ २४, २०७९ मंगलबार ११:४१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको समन्वयमा ‘रिसर्च फेलोसिप २०७९’ का लागि आवेदन आह्वान गरेको छ । सहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न यस कार्यक्रममा भाग लिन इच्छुक उम्मेदवारलाई ३५ दिन भित्रमा आवश्यक प्रस्तावसहित आवेदन दिन महानगरले आग्रह गरेको हो ।

महानगरले जारी गरेको सूचनामा उम्मेदवारले गरेको प्रस्तावमा इतिहास, कला, संस्कृति, परम्परा, भाषा र साहित्य सम्बन्धी अवधारणा हुनुपर्नेछ । सहरी योजना, सहरी डिजाइन, वास्तुकला यातायात तथा पूर्वाधार लगायतका विषयहरू प्रस्तावमा समावेश हुनुपर्नेछ ।


उम्मेदवारको आवश्यक योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी २ वर्षको अनुसन्धान र अनुभव हुनुपर्नेछ । अनुसन्धान अवधि ६ महिना हुनेछ ।  


Author

थप समाचार
x