समाज

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

इकागज |
माघ २२, २०७९ आइतबार ८:४४ बजे

काठमाडौं - नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।



Author

थप समाचार
x