समाज

आइसियुमा उपचार भइरहेको पुर्वसेनापति कट्‌वालको कस्तो छ स्वास्थ्य अवस्था ?

इकागज |
माघ २१, २०७९ शनिवार १३:११ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कट्‌वाल सैनिक अस्पतालमा उपचाररत छन् ।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कट्‌वाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन् ।


नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कट्‌वालका स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनका अनुसार मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराई रहेका कट्‌वालको स्वास्थ्यमा थप समस्या देखिएपछि गत म‌गलबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको हो ।

साथै कट्‌वालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिएका छन्।


Author

थप समाचार
x