समाज

चोरीका सामानसहित दुई जना नियन्त्रणमा

सुभाष कर्ण |
माघ १९, २०७९ बिहीबार १९:५६ बजे

जनकपुरधाम- चोरीका सामानसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषाको औरही गाउँपालिका–१ बस्ने २१ वर्षीय शिवशंकर मण्डल र अमितकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
औरही गाउँपालिका–१ स्थित रामजानकी माविको कार्यालय कोठाबाट कम्प्युटर र स्थानीय लक्ष्मेश्वर यादवको खेतमा जडान गरिएको सोलार प्लेट लगायतका सामानहरू चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिप्रका धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।


पक्राउ परेका शिवशंकर माथि अनुसन्धान गर्दै जाँदा उक्त सामानहरू पौडेश्वर चोकमा अमितसँग बिक्री गरेको देखिएपछि उनले सञ्चालन गरेको डेरी उद्योग भित्र खानतलासी गर्दा डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाईफाईको राउटर १ थान, कम्पयुटर किबोर्ड १ थान र सोमिटर १ थान बरामद भएको डीएसपी क्षेत्रीले बताए ।

सोही नजिक सडक छेउमा जमिनमुनि खाल्डो भित्र लुकाई छिपाई राखेको खेतमा जडान गरिएको सोलार प्लेट १ थान समेत बरामद भएको उनले बताए । बरामद गरिएका सामानहरूसहित उक्त घटनामा संलग्न मण्डल र साहलाई नियन्त्रणमा लिई चोरी मुद्दा शीर्षकमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x