समाज

थुनुवा फरार घटनामा थप एक पक्राउ

सुभाष कर्ण |
माघ १७, २०७९ मगलवार १९:५३ बजे

जनकपुरधाम- धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवा मध्ये थप एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले फरार भएका थुनुवाहरूको खोजी कार्य तीव्र पारेका छन् । 
सर्च अपरेशनका क्रममा मंगलबार सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा शीर्षकको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. २ बस्ने अ. वर्ष २५ का अमित मण्डललाई पक्राउ परेका हुन् । यसअघि सोमबार हातहतियार मुद्दाका फरार अभियुक्त रोशन महतो पनि पक्राउ परेका थिए ।


सोमबार बिहान साढे तीन बजेको समयमा ईप्रका महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर हातहतियार मुद्दाका रोशन महतो, शंकर सिंह, लागूऔषध मुद्दा लागेका विनोदकुमार शर्मा र अमित मण्डल र राष्ट्र सेवक बाधा मुद्दाका रोशन यादव र हरिदीप सिंह फरार भएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x