रवि लामिछानेको पुरानै नागरिकता पुन: कायम

फाइल तस्बिर
काठमाडौँ- रवि लामिछानेको पुरानो नागरिकता पुनः कायम भएको छ । आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएका हुन् ।
लामिछानेले २०५० सालमा लिएको नम्बर नै उल्लेख भएको नागरिकता प्राप्त गरेका हुन् ।
सर्वोच्च अदालतले शुक्रबार अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुन बमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए । लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए ।
त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया