समाज

बचाउन गएकी घरबेटी गम्भीर घाइते

पोखरामा घरभित्रै एक युवकले गरे आत्मदाह प्रयास

इकागज |
माघ १५, २०७९ आइतबार १३:१४ बजे

फाइल तस्बिर

काठमाडौँ - पोखरामा एक जना युवकले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । आज बिहान पोखरा-१३ मा एक जना युवाले घरभित्रै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको वडा नम्बर १३ का अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार युवकलाई बचाउन गएकी घरबेटी महिलासमेत गम्भीर घाइते भएकी छन् ।

आगो लगाउने पुरुषको अवस्था भने सामान्य छ । दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन । 


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x