समाज

पोखरामा एक दिने सामुदायिक रोजगार मेला सम्पन्‍न

इकागज |
माघ १५, २०७९ आइतबार १२:६ बजे

काठमाडौँ- पोखरामा एक दिने सामुदायिक रोजगार मेला सम्पन्न भएको छ । पोखरा महानगरपालिका १३ ले शनिबार आयोजना गरेको सामुदायिक मेलामा १ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन्।

वडा १३ ले  कुनै पनि नागरिकहरू बेरोजगार नरहुन् भन्ने उद्देश्यले आयोजना गरेको सामुदायिक मेला भएको थियो । रोजगारी मेलामा विशेषगरी गृहिणी महिला र युवाहरूको सहभागी थियो । महिलाको सीप विकास कार्यक्रम, सिलाइ-बुनाइ, विज्ञान प्रविधि सम्बन्धी र होटलसँग सम्बन्धित कार्यक्रमहरू समावेश भएका थिए ।


स्थानीय रोजगार मेलामा महिलाहरूको सहभागीता बढी रहेको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।

मेलामा सहभागी अवलोकनकर्ताको भनाइ उद्दृत गर्दै बरालले भने,’ यो कार्यक्रम राम्रो हो । यसलाई व्यवहारीक लागू गर्नुपर्छ । बेरोजगार भएकालाई बढी भन्दा बढी सहभागी गराउनुपर्छ ।‘

अध्यक्ष बरालले करिब १५० जना सहभागीहरूको बायोडाटा संकलन गरिएको जानकारी दिए । उनले थपे,’बायोडाटा संकलन गरिएका युवा तथा महिलाहरूको रोजगारी खुलेको स्थानमा काम खुलेमा हामीले बोलाएर जानकारी दिन्छौ । काम खुलेको स्थानमा जानलाई आग्रह गर्छौ ।‘

 

 

 


Author

थप समाचार
x