नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगे रवि लामिछाने

काठमाडौँ- रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन्। स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने केही बेर अघि जिल्ला प्रशासन कार्यालय पुगेका हुन्। जिल्ला प्रशासनमा उनी पुगेपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
सर्वोच्च अदालतले शुक्रबार अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुन बमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया