समाज

रवि लामिछाने आज नागरिकता लिन जिल्ला प्रशासन जाँदै

इकागज |
माघ १५, २०७९ आइतबार ९:१३ बजे

फाइल तस्बिर

काठमाडौँ - रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरु गर्न लागेका हुन् ।

लामिछानेका सहयोगी दिपक बोहराका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि ११ बजे प्रशासन कार्यालयमा जाने भएका हुन् । 


लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन् । सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।


Author

थप समाचार
x