समाज

इटहरीका आशनारायण मलेसियामा १० महिनादेखि बेपत्ता

इकागज |
माघ ४, २०७९ बुधबार १४:५० बजे

काठमाडौँ- मलेसियामा एक नेपाली युवा दश महिनादेखि बेपत्ता भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ११ आशनारायण चौधरी सम्पर्कविहिन भएका हुन् ।

चौधरी तीन वर्षअघि चौधरी साहआलमस्थित डिएल इलेक्ट्रोनिक्स स्पेल्निडड एसडीन बिएचडीमा रोजगारका लागि पुगेका थिए । दूतावासले रोजगारदाता, साथीहरू तथा मलेसियन प्रहरीसमेतको सहयोगमा खोजतलास गरेता पनि हाल सम्म फेला पार्न नसकेको जनाएको छ ।


दूतावासले चौधरीको खोजी कार्यमा सहयोग हुने केही जानकारी भए वा निजलाई देख्नु हुने व्यक्तिले यस दूतावासको हटलाईन 016-2472777 मा खबर गर्न अनुरोध गरेको छ ।

 


Author

थप समाचार
x