समाज

सिरहामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक घाइते

इकागज |
मंसिर २३, २०७९ शुक्रवार १३:७ बजे

काठमाडौँ- सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । लहान नगरपालिका- ३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- २३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए । 

घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो । बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदल यात्रीद्वयलाई ठक्कर दिएको हो । सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।



Author

थप समाचार
x