मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि काठमाडौंमा हुने
काठमाडौँ- 'सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय' भन्ने मूल नाराका साथ १४ औं मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
महाभेला मूल आयोजक समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २२ देखि २८ गतेसम्म हुने महाभेलाको तयारी तीव्र पारिएको जनाएको हो । यस वर्ष महाभेला कार्यक्रमको संयोजन पौरखी नेपाल र सहसंयोजन नेपाल पुनर्स्थापकीय न्याय मञ्चले गर्ने भएको छ ।
मानव अधिकारको संरक्षण, सम्वर्द्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधिको शासन स्थापित गर्न तथा राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउन महाभेला केन्द्रित हुने मूल आयोजक समितिका संयोजक मञ्जु गुरुङले जानकारी दिइन् । उनले विधिको शासन, मानव अधिकार, लोकतन्त्र र नागरिकको मानव अधिकारको प्रत्याभूति गराउन संघ/संगठन र सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई खबरदारी गर्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे ।
गुरुङले मानव अधिकार महाभेलाको मंसिर २२ गते उद्घाटन उपराष्ट्रपति र मंसिर २८ गते मानव अधिकार आयोगका अध्यक्षको अध्यक्षतामा समापन हुने जानकारी दिए । नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुशासन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक संघ संस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा, सन २००९ देखि प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला हुँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया