समाज

कोरिया जाँदै हुनुहुन्छ ? यी ७ कुरा सिक्‍ने कि

शुरज थपलिया |
मंसिर १९, २०७९ सोमवार १३:२६ बजे

फाइल तस्वीर

काठमाडौँ- नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध १५ मे १९७४ मा स्थापना भएको थियो । कोरिया गणतन्त्रले सन् १९७४ मा काठमाडौँमा आफ्नो दूतावास खोलेको थियो । नेपालले सन् २००७ मा सियोलमा आफ्नो दूतावास स्थापना गरेको थियो। दुई देशबीचको सम्बन्ध सद्भावनामा, मित्रता र आपसी सहयोगमा आधारित छ ।

लाखौँ नेपाली वैदेशिक रोजगारीमा गएका छन् भने दैनिक औसत २ हजार नेपाली विदेश जाने गरेका छन् । त्यसमध्ये कोरियामा पनि उल्लेख्य मात्रामा नेपालीहरूको गन्तव्य हुने गरेको छ । दक्षिण कोरियामा गइ काम गर्ने नेपालीहरूको संख्या पनि हजारौं छ । त्यस्तै नेपालबाट कोरिया गएर काम गर्न चाहने संख्या पनि निकै उच्च रहेको छ । हाल पनि ठूलो संख्यामा नेपालीहरू कोरियन भाषा सिक्नका लागि काठमाडौँ र अन्य सहरमा खुलेका भाषा कक्षा धाइरहेका पाइन्छ । यसले गर्दा वैदेशिक रोजगारीको एक आकर्षक गन्तव्यका रुपमा कोरिया पर्ने गरेको छ ।


कोरियन भाषा पास गरेपछि पनि कोरिया जाँदा केही सामान्य कुराको ज्ञान भएन भने जानेलाई विभिन्न कठिनाइको सामना गर्नुपर्ने हुन्छ । कोरियन भाषाको राम्रो ज्ञान नहुँदा समस्या पाएको धेरै सुन्ने गरेको पाइन्छ । यदि तपाईँ पनि कोरिया जाँदै हुनुहुन्छ भने तल दिइएका यी कुराहरूको सामान्य जानकारी लिनुहोस् :

शौचालय
नेपाली = कृपया मलाई शौचालय देखाउन सक्नुहुन्छ ?
कोरियन = 화장실 좀 보여 주시겠어요?
युनिकोड़ = hwajangsil jom boyeo jusigess-eoyo?

वाइफाइ
नेपाली = के तपाई मेरो फोनमा वाइफाइ जडान गरिदिन सक्नुहुन्छ ?
कोरियन = 내 전화에서 Wi-Fi를 연결할 수 있습니까?
युनिकोड = nae jeonhwa-eseo Wi-Fileul yeongyeolhal su issseubnikka?

सामान उठाउन मद्दतका लागि
नेपाली = के तपाईँ मलाई मेरो सामान उठाउन मद्दत गर्न सक्नुहुन्छ ?
कोरियन = 제 짐을 들어 올리는 것을 도와주실 수 있나요?
युनिकोड़ = je jim-eul deul-eo ollineun geos-eul dowajusil su issnayo?

भोक लाग्दा
नेपाली = मैले खाना/खाना कहिले पाउन सक्छु ? मलाई भोक लाग्यो ।
कोरियन = 음식/점심은 언제 받을 수 있나요? 나 배고파
युनिकोड़ = eumsig/jeomsim-eun eonje bad-eul su issnayo? na baegopa

समयको जानकारी चाहिएमा
नेपाली = कति बज्यो अहिले ?
कोरियन = 지금 몇 시야 ?
युनिकोड = jigeum myeoch siya ?

बाहिर निस्कने/टर्मिनल जाने ठाउँ
नेपाली = प्रस्थान/निस्कने टर्मिनल जाने बाटो कहाँ छ ?
कोरियन = 출발 터미널로 가는 길은 어디입니까 ?
युनिकोड = chulbal teomineollo ganeun gil-eun eodiibnikka?

शाकाहारी
नेपाली = म शाकाहारी हुँ
कोरियन = 저는 채식주의 자입니다.
युनिकोड़ = jeoneun chaesigjuui jaibnida

 


Author

थप समाचार
x