समाज

अछाममा बँदेलको आक्रमणमा परी एक युवकको मृत्यु

इकागज |
मंसिर १७, २०७९ शनिबार १९:३२ बजे

अछाम- अछाममा बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो ।


मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।


Author

थप समाचार
x