समाज

मेयर हर्कले दिएकाे चेतावनीमा बालेनकाे समर्थन

इकागज |
मंसिर ९, २०७९ शुक्रवार ११:२९ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले 'कोशीको पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू' दिएकाे चेतावनीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले समर्थन जनाएका छन् ।

साम्पाङले फेसबुकमा लेखेको स्टाटस सेयर गर्दै मेयर शाहले 'ठयाक्कै १००/१००' लेखेर समर्थन जनाएका हुन् ।


मेयर साम्पाङले लेखेका छन्, 'जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ । अन्यथा वहाँ धरान नआए पनि हुन्छ ।'

 

र याे पनि

धरानबाट जित्‍ने सांसदलाई मेयर हर्कको चेतावनी : पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू


Author

थप समाचार
x