समाज

धरानबाट जित्‍ने सांसदलाई मेयर हर्कको चेतावनी : पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ११:१६ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी १ बाट निर्वाचित हुने सांसदलाई कोशीको पानी ल्याउन सहयोग नगरेमा धरान नआउन चेतावनी दिएका छन् ।

शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्ताे चेतावनी दिएका हुन् । उनले भनेका छन्, 'जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ । अन्यथा वहाँ धरान नआए पनि हुन्छ ।'


मेयरमा निर्वाचित भएपछि उनले धरान नगरवासीलाई कोशीको पानी ल्याएर खुवाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पछिल्लो समय धरान आसपासका खोलाबाट उनले पानी ल्याएर खुवाउनसमेत थालिसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा साम्पाङले धरान उपमहानगरपालिकामा खानेपानीलाई मुख्य मुद्दा बनाएका थिए ।

 


Author

थप समाचार
x