समाज

मधेशी र पहाडेको साझा बन्यो दसैँ-दशहारा

इकागज |
असोज २०, २०७९ बिहीबार ११:५१ बजे

महोत्तरी - “आयल लखपाँचे, लागल सब पावनि नाचे ।”

मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिबेला दसैँको रौनक छ । मधेशमा भनिने गरिएको दशहारा र पहाडमा भनिने गरेको दसैँको हुन त सम्मान विशेषता हो । तर मनाउने तौरतरिकाले मधेशमा अझ रमाइलो हुन्छ ।  


पछिल्लो समय पहाडे र तराइ समुदायको बाक्लै अन्तरघुलनले मनाउने तरिकाहरुमा समेत साझापन देखिन थालेको छ । परिणामस्वरूप यसपालिको दसैँमा पहाडे संस्कारअनुसार नै तराईका कयौँ समुदायले मनाए ।

अझ पहाडे र मधेशी समुदायविच बढदै गएको वैवाहिक समबन्धले पर्वहरुको साटासाट हुँदै गएको जस्तो देखिन्छ । मधेशमा धुमधामका साथ मनाइने छठ पर्वमा पहाडे समुदायमा देखिएको आकर्षण र दसैँमा मधेशमा देखिएको आकर्षण नै यस्को ज्वलन्त उदाहरण हो ।

 “गाई के गोबरा मंगववले बानी, आँगना लिपवले बानी हो, उजरे उजरे पलङ दसववले बानी, आँगना रउवा आवे के परी... ।” 

घटनास्थपना सुरु भएसगैं भोजपुरी महिलाले गाउने यो गीतले निक्कै आनन्द तुल्याउथ्यो । दसैँ र दशहाराका आफ्नै धार्मिक जनबिस्वासले पहाडे र मधेशीको पर्व उहीँ भएपनी मनाइने तरिका फरक थियो । तर आजकाल पहाडेहरुले यी गीतहरुमा आनन्द लिन्छ्न् र राम्रा पक्षको ग्रहण गर्दै आएका छन् । जसले भाइचारा, समबन्धमा यस्ता पर्वहरु फरक समुदायको लागी समेत महत्वपूर्ण कोशेढुङगा सावित बन्दै गएका छन् ।

 “तोरी जगमग जोति जगै काली, केहो चढावे धजा नारियल, केहो चढावे रुपैयाँ डाली... ।” मधेशी समुदायमा घन्कने यस्ता चर्चित गीतहरुले दसैँ वा दशहारा एउटै हो भन्ने प्रमाणित गरेको छ । दुष्टहरुलाइ परास्त गर्न कालीमाताले देखाएको साहसलाई आजका महिलाहरुका लागी  अदम्य साहस, ऊर्जा र प्रेरणालाई जिवित राखेको छ ।

विजयादशमीको दिन बहुसंख्यक मधेशीहरुले पनि जमरा र टीका पाहाडेको जस्तैगरी लगाए । मान्यजनवाट टीका थाप्दा आसिवाद लाग्ने धार्मिक विस्वासले पनि मधेशी समुदायले हजुरबुवा,बुवा वा काका जस्ता मान्यजनबाट टीका थापेको देखियो ।

आफूहरुले बर्षौदेखी दसैँ मान्दै आएको बताउदै पत्रकार अजय साह जमारा र टीका लगाएर रमाइलो गरी मनाएको बताउँछन । उनी टीका लगाउन ससुराली पनि गए कारण थियो उनको श्रीमती पहाडे समुदायकी हुन् ।

त्यसो त श्रीमती पहाडे भएरमात्र हैन मधेशका आदिवासी समेत दसैँमा जमरा, टीका लगाउने चलनप्रती निक्कै आकर्षक भएको पाइएको छ ।


Author

थप समाचार
x