समाज

गम्भीर रोग लागेका बिरामीले उपचार खर्च लिन वडामा निवेदन दिनू : ललितपुर महानगर

इकागज |
असोज १४, २०७९ शुक्रबार ८:४७ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च लिनका लागि निवेदन दिन आग्रह गरेको छ ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका बिरामीहरूलाई उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय अनुसार तथा महानगरले गत महिनाको १३ गते गरेको निर्णय अनुसार निवेदन आव्हान गरेको हो ।


महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने बिरामीले आवश्यक कागजातसहित आफ्नो वडा कार्यालयमा अनुसूची-२ बमोजिमको निवेदन दिनुपर्ने छ । नेपाल सरकारको सामाजिक सुरक्षा नीति अन्तर्गत सामाजिक सुरक्षा भत्ता लिएका व्यक्तिहरू र बहालवाला कर्मचारीहरूलगायतले यो सूचना बमोजिमको औषधि उपचार खर्च लिन नपाइने महानगरले जनाएको छ ।


Author

थप समाचार
x