समाज

दैनिक दुई लाखले छाड्‍न थाले काठमाडौँ, २० लाखले छाड्ने आँकलन

इकागज |
असोज १३, २०७९ बिहिवार १०:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- दसैँ लागेसँगै काठमाडौँ उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् । घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायातमार्फत बाहिरिएका छन् ।

यो संख्या झनै बढ्ने आँकलन गरिएको छ । शुक्रबार पछि दसैँको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।


ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौँ छाड्छन् ।

यसपटक दसैँको बेला झन्डै २० लाखले उपत्यका छाड्ने आँकलन गरिएको छ । 

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।


Author

थप समाचार
x