समाज

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

इकागज |
असोज १२, २०७९ बुधवार ६:४४ बजे

सल्यान - सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ । 


Author

थप समाचार
x