समाज

धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह

इकागज |
असोज ८, २०७९ शनिवार १४:४२ बजे

काठमाडौँ- शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् ।

शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् । अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाई हुने गरि पार्किङ नगर्न पनि आग्रह गरे ।


उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका विद्युत् प्राधिकरणको भूमिगत तारको बक्सहरूका कारण आवतजावतमा कठिनाई भएको पाइएकाले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए ।

त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केही समय अघि सडकमा रहेका निर्माण सामग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताइन् ।

ढकालले धोबीखोला करिडोरको स्तरोन्नतीको काम भइरहेको जानकारी दिइन् । उनले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि व्यवस्थित गर्ने कामलाई जारी राख्ने बताइन् । 


Author

थप समाचार
x