समाज

इकागजका प्रधानसम्पादक थापा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत

इकागज |
असोज ६, २०७९ बिहीबार १९:२६ बजे

काठमाडौँ- इकागजका प्रधानसम्पादक हरिबहादुर थापा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । आज (बिहीबार) राष्ट्रपति कार्यालयमा आयाेजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसम्पादक थापालाई साे पुरस्कार प्रदान गरेकी हुन् ।

काउन्सिलले आफ्नाे ५६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति/ संस्थालाई याे पुरस्कार प्रदान गर्दै आएकाे छ । उक्त पुरस्कार भदाै ३१ गते बसेको प्रेस काउन्सिल नेपालकाे बाेर्ड बैठकले थापालाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे थियाे ।


​प्रधानसम्पादक थापाले संसदीय मामिला, प्रशासकीय संयन्त्र, जलविद्युतलगायतका क्षेत्रमा लामाे समयदेखि कलम चलाउँदै आएका छन् । उनी कान्तिपुर दैनिकका पूर्वसम्पादक, अन्नपूर्ण पाेष्टका पूर्वप्रधानसम्पादक र हाल इकागज डटकमका प्रधानसम्पादक हुन् ।

उनी 'भ्रष्टाचारकाे शल्यक्रिया', 'विदेशी सहायताको विसंगति', 'दलीय द्वन्द्व', 'रजगज', 'राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र' जस्ता पुस्तकका लेखक समेत हुन् ।  

काउन्सिलले विभिन्न विधामा समेत पुरस्कार घोषणा गरेको थियाे । 

 


Author

थप समाचार
x