समाज

'गरिखान देऊ' भन्दै महानगर घेर्न पुगे फुटपाथ व्यापारी (तस्बिरहरू)

अनुज बज्राचार्य |
भदौ ३०, २०७९ बिहीबार १२:४७ बजे

काठमाडौँ - काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघ आन्दोलित भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै नेपाल स्वरोजगार श्रमिक व्यापार संघले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको हो । 

बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका हुन् ।


महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x