समाज

मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप, ७ किसान घाइते

कमल विष्ट |
भदौ २७, २०७९ सोमबार १३:१५ बजे

काठमाडौं- न्याय माग्दै मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडित किसान र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ । झडपमा परी ७ जना किसान घाइते भएका छन् । ६५ पीडित किसानलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा लगेको छ । 

धर्नाका लागि माइतीघर मण्डला आउँदै गर्दा प्रहरीले आज त्यहाँ जान नमिल्ने भन्दै आफूहरूको बाटो छेकेको अभियन्ता निर्ग नवीनले इकागजलाई जानकारी दिए । ‘आज माइतीघर मण्डलामा भिआइपी सवारी छ भन्दै प्रहरीले हाम्रो बाटो रोक्यो। हामीले जान पाउनुपर्छ भनेपछि प्रहरीले कुट्न थाल्यो,’ नवीनले भने, ‘प्रहरीको कुटाईबाट ७ जना साथीहरू घाइते भएका छन् । ६५ जनालाई पक्राउ गरी प्रहरी वृत्तमा ल्याएको छ ।’


पक्राउपछि मिटरब्याजी पीडित किसानहरूले प्रहरी वृत्त परिसरमै नाराबाजी गरेका छन् ।

आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू एक महिनादेखि आन्दोलित छन् । उनीहरूले माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । पीडित किसानहरू कीर्तिपुर बस्दै आएका छन् । 

यो पनि 

जब किसानहरू काँधमा हलो, हातमा लाठी लिएर बालुवाटार घेर्न निस्किए...

‘नेताहरू मिटरब्याजी साहुको पैसामा चुनाव लड्छन्, त्यसैले नुनको सोझो गरिरहेका छन्’

 

 

 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x