समाज

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

इकागज |
भदौ ३, २०७९ शुक्रबार १९:१२ बजे

फाइल तस्बिर

मकवानपुर- श्रीमतीलाई बलात्कार गरेको अभियोगमा मकवानपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको थाहा नगरपालिका-७ घर भएकी महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुरको थाहा नगरपालिकाका ती युवा काठमाडौँ बानेश्वर बस्दै आएका थिए । 


आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अनामनगरबाट पक्राउ गरेको हो । बागबजारमा आफूलाई बलात्कार गरेको पत्नीको आरोप छ । आरोपित पतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले साउन १७ मा पक्राउ अनुमति दिएको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x