समाज

थाहा नगरपालिका-३ मा एक जना मृत फेला

इकागज |
भदौ २, २०७९ बिहीबार ९:४४ बजे

काठमाडौँ - थाहा नगरपालिका-३ गुफाडाँडामा एक जना मृत फेला परेका छन् । गुफाडाँडास्थित जंगलमा सल्लोको रूखमा राम गोपाली झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय पालुङका अनुसार शवको पोस्टमार्टमका लागि हेटौंडा ल्याइँएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x