समाज

ट्राफिकद्वारा हराएका २५ सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

इकागज |
साउन ३१, २०७९ मंगलबार १९:१९ बजे

काठमाडौं– काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ वटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच १६ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले हस्तान्तरण गरेका हुन् ।


उपत्यका र यस आसपासको ईलाकामा अपरेसनमा गएर विशेष सूचना संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ । 

मोटरसाइकल तथा स्कुटरहरु बरामद गरेर चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने बताइएको छ।


Author

थप समाचार
x