काभ्रे प्रहरीले गर्यो हराएको मोबाइल फिर्ता

काठमाडौं– काभ्रे प्रहरीले विभिन्न स्थानबाट हराएको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । प्रहरीले हराएको ११ वटा मोबाइल बरामद गरेर सम्बन्धित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बोलाएर हस्तान्तरण गरेको हो ।
मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा उक्त मोबाइल जिल्ला भित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद भएको थियो । मोबाइल धनीलाई कार्यालयमा बोलाएर वितरण गरिएको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार विभिन्न ११ वटा मोबाइल रहेको र सबै गरी दुइ लाख ५० हजार बराबरको रहेको छ । जिल्लामा अरु पनि दर्जनौँ मोबाइल हराएको हुन सक्ने र खोजी जारी रहेको जोशीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया