समाज

कस्तो रहला आजको मौसम ?

इकागज |
साउन २५, २०७९ बुधवार ६:३६ बजे

काठमाडौँ - हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्क देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


राती बागमती,  गण्डकी, लुम्विनी,  कर्णाली र सूदुरपश्चिम  प्रदेशमा सामान्य  बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती र  गण्डकी प्रदेशका  केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। 
 


Author

थप समाचार
x