महिला प्रहरीलाई सेनेटरी प्याड सहयोग
मकवानपुर- नेकपा (एकीकृत समाजवादी)का नेतृ मुनु सिग्देलले जिल्ला प्रहरी कार्यालय मातहत रहेका महिला प्रहरीका लागि सेनेटरी प्याड सहयोग गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सेवामा रहेका महिला प्रहरीलाई महिनावारीको समयमा समस्या भएपछि सिग्देलले प्याड सहयोग गरेकी हुन् ।
बागमती प्रदेश सभा सदस्य समेत रहेकी सिग्देलले जिल्ला प्रहरी कार्यालय पुगेर महिला सेल प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमको उपस्थितिमा ४ बोरा सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् ।
जसमा ३ हजार ८४० पिस सेनेटरी प्याड रहेको खड्काले बताइन् । सामग्री हस्तान्तरण गर्दै नेतृ सिग्देलले आफैले बाहिरी जिल्लामा प्याडको अभावका कारण भोगेका समस्या जिल्लामा नहोस् भन्नका लागि हस्तान्तरण गरेको बताइन् ।
महिनावारीको समयमा आकस्मिक रूपमा आवश्यक पर्दा प्रयोग गर्न सकिने र काममा सहजता हुने भएकाले महिलाहरूको समस्यालाई बुझेर सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिइन् ।
स्थानीय तह अन्तर्गत कार्यरत महिला प्रहरीहरूका लागि पनि यस्तो सहयोग आवश्यक भएको प्रहरी उपरीक्षक गौतमले बताए । महिला प्रहरीलाई यस्ता खालका सहयोगले मनोवैज्ञानिक रूपमा काम गर्न सहज हुने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया