समाज

नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

इकागज |
साउन २०, २०७९ शुक्रबार ७:५९ बजे

काठमाडौँ - नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केरावारी (मौरी खोला पुल नजिकै) लेदो सहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । 

दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधनको लाम लागेको छ । पहिरो पन्छ्याउँदै सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x