समाज

साउनको पहिलो सोमबार

पशुपतिमा भक्तजनको घुइँचो [फोटो फिचर]

सौरभराज शर्मा |
साउन २, २०७९ सोमबार ११:५५ बजे

काठमाडौँ - काठमाडौँ - साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरूको भिड लागेको छ । काठमाडौँको पशुपति नाथको मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भिड रहेको छ । 


साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । 

यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन् । पहिलोपटक व्रत लिनेहरूले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ । 
 


Author

थप समाचार
x