समाज

कस्तो रहला आजको मौसम ?

इकागज |
असार २०, २०७९ सोमबार ६:२१ बजे

काठमाडौँ - हाल लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देशभर आँशिक बदली रहनेछ । देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक बदली रहनेछ । देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ । 



Author

थप समाचार
x