मिटरब्याजीलाई कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन
सप्तरी - सप्तरीको मिटरब्याजी रामदेव साहको अत्याचारबाट पीडित भएका पीडितहरुले आइतबार सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।
मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा उनीहरूले प्रदर्शन गरेको हो ।
गाउँ–गाउँबाट आएका पीडितहरूले र्यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए।
सप्तरीको खडक नगरपालिका - ७ घरभई धरान बस्दै आएका साहले करोडौंको रकम र सम्पत्ति ठगी गरी फरार भएका छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया