समाज

सशस्त्रका जवान चेम्जोङलाई ७ दिनभित्र हाजिर गृहको निर्देशन

इकागज |
असार १९, २०७९ आइतबार ८:२३ बजे

काठमाडौँ - गृह मन्त्रालयले सशस्त्र प्रहरीका जवान आकाश चेम्जोङलाई ७ दिन भित्रमा हाजिर हुन निर्देशन दिएको छ । इलामको नम्बर १ हेड. क्वा श्री अन्तु इलाममा दरबन्दी रहेको उनले २०७९ जेठ २३ देखि २७ गतेसम्मका विदा लिएका थिए ।

उनले चार दिनमा हाजिर छाडे पनि अहिलेसम्म कसैलाई जानकारी नगराएको मन्त्रालयले जनाएको छ । सात दिन भित्रमा स्पष्टीकरणसहित हाजिर हुन मन्त्रालयले बताएको छ ।



Author

थप समाचार
x