समाज

काभ्रेकाे भुम्लुबाट जिल्लामै पहिलाेपटक श्रम अभियान शुरु

इकागज |
असार १८, २०७९ शनिबार १६:५३ बजे

काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले आजदेखि महिनाको एकदिन सार्वजनिक श्रम अभियान सुरु गरेको छ । स्थानीय तहबाट गरिएकाे  जिल्लामा यस्ताे पहिलाे अभियान हाे ।

श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, दुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सडक सफा पारिएको छ । श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज र राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।


गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार महिनाको एकदिन सार्वजनिक श्रम अभियान शुरु गरेको बताए । गाउँपालिका निर्माणका लागि अबका दिनमा सबै मिलेर महिनाको एकदिन पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने कार्यक्रम रहेकाे छ । श्रमदानले विकास निर्माणमा स्थानीयमा अपनत्वको अनुभूति हुनका साथै सानातिना विकासनिर्माण लागि सरकारकै मुख ताक्ने प्रवृत्तिको पनि अन्त्य गर्ने अभियानमा समेत रहेकाे उनले बताए । 

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले उपस्थित सबैलाई धन्यवाद दिँदै यस्तो अभियानले आफ्नो ठाउँका नागरिकले केही गर्नुपर्छ भन्ने धारणा जाग्ने बताए । अभियानमा उपस्थित भएकाहरुले पालिकाले  शुरु गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा साथ दिएकाे बताए ।


Author

थप समाचार
x