समाज

धनगढीस्थित विद्युत् प्राधिकरण वितरण केन्द्र डुबानमा

इकागज |
असार १६, २०७९ बिहीबार ९:२७ बजे

कैलाली - मंगलबार रातिदेखि परेको पानीका कारण धनगढीस्थित नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको छ । डुबानका कारण विद्युत सेवा समेत अबरुद्ध भएको छ ।

प्राधिकरणका प्रमुख सुर्य नारायण मण्डलले पानी केही कम भए विद्युत सुचारु गर्न सकिने बताउदै पानी बढ्दै गएका सप्लाई दिन समस्या हुने बताए ।


उचित पानी निकास नहुदा बर्सेनि उक्त क्षेत्र डुबानमा पर्दै आइरहेको छ । विद्युत प्राधिकरण संगै बिशालनगर अधिकांस भू-भाग डुबानमा परेका छन् । उक्त क्षेत्रका करिब २ दर्जन बढी घर डुबनमा परेको धनगढी उपमहानगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष राज बहादुर ऐरले बताए । 

उचित ढल निकास नहुनु, खोलानाला अतिक्रमण लगायतका कारण बर्सेनि डुबानको समस्या झेल्दै आइरहेको बताउदै वडा अध्यक्ष ऐरले पानी परिरहेका कारण डुबान अझै बढ्ने बताए ।

पानीका कारण विद्युत प्राधिकरणसँगै रहेको प्राधिकरणसंगै रहेको तरकारी हाटबजार र गुणस्तर तथा नापतौल कार्यालय समेत डुबानमा परेको छ ।


Author

थप समाचार
x