समाज

मौसम पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ पर्दै छ ठूलो पानी ?

इकागज |
असार १३, २०७९ सोमबार ७:१५ बजे

काठमाडौँ -  हाल प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही  स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।

मौसम पूर्वनुमान महाशाखाका अनुसार  देशभरका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


आज राति देशभर सामान्य बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।


 


Author

थप समाचार
x