समाज

मोदीको तस्बिरसहितको झण्‍डा राखेर भारतीय नम्बर प्लेटको गाडी काठमाडौँमा

इकागज |
असार ४, २०७९ शनिवार १७:० बजे

तस्बिरहरू : फोटो पत्रकार मीनरत्न बज्राचार्य

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर र उनको दल बीजेपीको झण्‍डासहित एउटा भारतीय नम्बर प्लेटको गाडी काठमाडौँमा निष्फिक्री गुडिरहेको देखेपछि फोटो पत्रकार मीनरत्न बज्राचार्यले त्यसको तस्बिर लिए ।

आफ्नो सवारी साधनभन्दा पछाडिपट्टी उक्त गाडी परेपछि उनले गाडीको ऐनाबाट तस्बिर खिचे । जसमा भारतीय प्रधानमन्त्री मोदी र बीजेपीको झण्‍डा प्रष्ट देख्‍न सकिन्छ ।


‘भारतीय जनतापार्टीसँग सम्बन्धित व्यक्तिहरू उक्त सवारी साधनमा सवार हुनुपर्छ भन्‍ने लाग्यो,’ बज्राचार्यले भने, ‘एउटा दलको झण्‍डासहित त्यहाँका प्रधानमन्त्रीको तस्बिर राखेर यसरी सवारी साधन नेपालमा चलाउन दिनु कति उचित हो ?’

उक्त सवारी साधन नारायणहिटी दरबारको पश्‍चिम गेटनजिक सडकबाट लैनचौरस्थित भारतीय दूतावासतर्फ लागेको उनले बताए ।

पत्रकार बज्राचार्यले उक्त तस्बिर फेसबुक र इन्स्टाग्राममा राखेर लेखेका छन्, ‘नेपाल सरकार के हाम्रो प्रधानमन्त्रीको र नेपालको झण्‍डा राखेर भारतमा नेपाली प्लेटको सवारी साधन चलाउन पाइन्छ र ?’


Author

थप समाचार
x