समाज

'भव्य सहरका (अ)सभ्य' नागरिकलाई गिज्याइरहेका पोखरी [फोटो कथा]

इकागज |
असार ४, २०७९ शनिबार १३:४ बजे

काठमाडौँ - काठमाडौं आधुनिक समाजका कथित उच्च वर्गका नागरिकहरू बस्ने सहर हो । यहाँ नागरिक मात्रै होइनन् सरकार र उच्च पदस्थ व्यक्तिहरू पनि बस्छन् । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । तर आफ्नो शिक्षालाई व्यवहारिक कसरी बनाउने कसरी ? र कहिले ? यो प्रश्न सधैँ उठ्दै आएको छ । शिक्षित मानिस बसोवास गर्ने भनिएकै क्षेत्रमा सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ । 


उपत्यकामा रहेका केही पोखरीहरूको कन्तबिजोक छ । करोडौं खर्च गरेर सिंगारिएको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ । पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरू अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य सहरका नागरिकहरूलाई गिज्याइरहेको छ । 

पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ । राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरू दुषित भइरहेका छन् । हुनतः काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौँ यो सम्पूर्ण सहर नै अव्यवस्थित बनेको छ ।

 

तस्बिर : न्युुज एजेन्सी नेपाल


Author

थप समाचार
x